१२ सय रुपैयाँले बढ्यो सुनको मूल्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

 १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य बढेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा २ सय रुपैयाँ बढेको थियो।

आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

बुधबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। बुधवारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस