चितवनमा डेंगुबाट एक महिलाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चितवनमा डेंगुबाट एक महिलाको मृत्यु


१३ आश्विन २०७९, बिहिबार


चितवन । डेङ्गुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका-७ की ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।  यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका-१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो ।

जिल्लामा हालसम्म ७ सय ४३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । ४हजार ४ सय ४९ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस