बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृ शोक परेको छ ।

उनीहरूका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौँको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् ।

उनको आज बिहान चार बजे निवासमै निधन भएको मुख्यमन्त्री पाण्डेको सचिवालयका एक जना सदस्य रविन भुजेलले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डे हेटौँडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा थिए । उनीहरू आज बिहान काठमाडौँ आइपुग्दैछन् । उनीहरू आइसकेपछि आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भुजेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस