२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हामी भित्र सङ्घर्ष गरिरहेका छौँ, बाहिर तपाईँहरू सङ्घर्ष गर्नुस्’ : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि न्यायोचित ढङ्गले टिकट वितरण हुनुपर्ने भन्दै नेपाली काँग्रेसमा सङ्घर्ष गरिरहेका नेताहरूले बुधबार नेता शेखर कोइराला र महामन्त्री गगन थापासँग छलफल गरेका छन् ।

दिउँसो सानेपास्थित काँग्रेस मुख्यालयमा धर्ना दिएर फर्किएका नेताहरूले अपराह्न नेता कोइराला र महामन्त्री थापालाई भेटेर पार्टीभित्र समान अवसर र न्यायोचित रूपमा टिकट वितरणका लागि सशक्त अडानसहित भूमिका निभाउन आग्रह गरेका हुन् ।

नेता कोइराला तथा महामन्त्री थापा र सह महामन्त्री बद्री पाण्डेले नेताहरू गुरुराज घिमिरे, जगदिश्वरनरसिंह केसी, भूपेन्द्र जङ्ग शाहीसहित सङ्घर्षमा रहेका नेताहरूसँग अलग–अलग छलफल गरेका थिए ।

यस क्रममा नेता कोइरालाले पार्टीभित्र समान रूपमा अवसरको वितरण गर्ने विषयमा आफूले सभापति शेरबहादुर देउवालाई विगतदेखि भन्दै आएको र टिकट वितरणको विषयमा पनि सोही कुरा आग्रह गरेको बताएका थिए ।

महामन्त्री थापाले भने आफूले पदाधिकारीभित्र सङ्घर्ष गरिरहेको भन्दै बाहिरबाट सङ्घर्ष जारी राख्न आह्वान गरेका छन् । ‘हामी भित्र सङ्घर्ष गरिरहेका छौँ । बाहिर तपाईँहरूले जुन सङ्घर्ष गरिरहनुभएको छ, त्यसलाई निरन्तर गर्नुस्,’ थापाको भनाइ उदृत गर्दै एक नेताले भने, ‘समानुपातिकको बन्द सूची बनाउने निर्णय प्रक्रियामा हाम्रो सहमति थिएन, जुन सूची छ, बाहिर तपाईँहरूको आन्दोलन र सङ्घर्षका कारण अहिले सभापतिजी सच्याउन तयार हुनुभएको छ । त्यो सच्याइनुपर्छ ।’

महामन्त्री थापाले प्रत्यक्षतर्फको उम्मेदवार चयनमा समेत पार्टीले सबै ढङ्गले सक्षम र योग्य उम्मेदवारहरूलाई न्यायोचित रूपमा टिकट वितरण हुनुपर्ने विषयमा आफूहरू सङ्घर्ष गरिरहेको बताएका थिए ।

कोइराला समूहले समानुपातिकतर्फको बन्द सूचीमा आफ्नो समूहका नेताहरूको नाम समावेश नगरिएको, गरिएकाहरूको नाम पनि निर्वाचित हुने गरी समावेश नगरिएको र सभापति देउवाले एकलौटी रूपमा आफ्नो समूहका नेताहरूको मात्रै नाम राखेको आरोप लगाउँदै आएको छ ।

कोइराला समूहका नेताहरूले विरोधकै कार्यक्रम स्वरूप बिहीबार बिहान अर्को सभा राखेका छन् । सभामा नेता कोइराला र महामन्त्री थापासहित शीर्ष नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।