भारतमा आईफोन १४ उत्पादन सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतमा आईफोन १४ उत्पादन सुरु


१३ आश्विन २०७९, बिहिबार


एजेन्सी । अमेरिका–चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ ।

चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो ।

चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो ।

एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो । नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस