सादा पोसाक खटिए ट्राफिक प्रहरी, बढी भाडा लिने धमाधम पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सादा पोसाक खटिए ट्राफिक प्रहरी, बढी भाडा लिने धमाधम पक्राउ


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिने  ४२ जनालाई काठमाडौँ उपत्यकाबाट ट्राफिक प्रहरीले प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरबाट ८ जना, बल्खुबाट १२ जना, नयाँ बसपार्कबाट ८ जना, माछापोखरीबाट ६ जना र कलङ्कीबाट ८ जना गरी ४२ जना पक्राउ परेका हुन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट  सादा पोसाकमा खटिएको प्रहरी टोलीले आज  दिनभरि अनुगमन गर्दा चाडपर्वको समयमा यात्रुहरूलाई तोकिएको भन्दा बढी भाडा लिने, अनावश्यक हैरानी दिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधिमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वर, प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग गोङ्गबु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस