सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ : प्रजिअ श्रेष्ठ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ : प्रजिअ श्रेष्ठ


१२ आश्विन २०७९, बुधबार


डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सार्वजनिक सरोकारका हरेक सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताएकी छन् । 

अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित विभिन्न कार्यालयका सूचना अधिकारी तथा सञ्चारकर्मीहरूसँग गरेको अन्तरक्रियामा सूचना पाउने हक सबैलाई समान भएको भन्दै श्रेष्ठले सूचनाको सहज पहुँचमा  जोड दिएकी हुन् । 

प्रजिअ श्रेष्ठले सार्वजनिक सेवा प्रदायक निकायले त्रैमासिक रूपमा सूचना सार्वजनिक गर्नुपर्ने तथा सूचना माग गर्ने पत्रकारहरूले मात्र हो, अरूले होइन भन्ने नभई आम नागरिक जानकार हुनुपर्ने बताइन् । 

आम नागरिक सञ्चारकर्मीले प्रवाह गर्ने सूचनामा भर पर्ने भएकोले सूचना जहिले पनि सत्य तथ्य र विश्वसनीय हुनुपर्ने कुरामा समेत उनको जोड छ । सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा सूचना माग भई आएमा सूचना अधिकारीले आवश्यक सूचनाहरू सत्य तथ्य र समयमै उपलब्ध गराउनु पर्ने बताइन् । 

सहभागीहरूले डोटी जिल्लाका स्थानीय तहहरूमा सूचना व्यवस्थापनको अवस्था राम्रो नभएको, सूचना माग गर्दा समयमा, सूचना तथा जवाफ नआउने, स्थानीय सरकारले नियमित रूपमा गर्नुपर्ने सूचनाहरूको सार्वजनिकीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायतका कार्यहरूमा ढिलासुस्ती हुने गरेको गुनासो गर्नुका साथै स्थानीय सरकारले सूचना व्यवस्थापनको पाटोलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको सुझाव दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस