लोसपा नेतृ चन्दा चौधरी काँग्रेसमा, देउवा र आरजुले गरे स्वागत « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

लोसपा नेतृ चन्दा चौधरी काँग्रेसमा, देउवा र आरजुले गरे स्वागत


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।

बुधबार साँझ बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणाले चौधरीलाई पार्टीको क्रियाशील सदस्यता दिएर स्वागत गरेका हुन् । 

चौधरी ०७४ को निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिकतर्फ सांसद बनेकी थिइन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका थिए ।

तर, अदालतले मन्त्रिपरिषद् विस्तारलाई मान्यता नदिएपछि उनी मन्त्री भएको १८ दिनमै बाहिरिएकी थिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस