न्यायिक समितिमा ७२ प्रतिशत मुद्दा घर बहालसम्बन्धी आउँछन् : उपमेयर डङ्गोल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्यायिक समितिमा ७२ प्रतिशत मुद्दा घर बहालसम्बन्धी आउँछन् : उपमेयर डङ्गोल


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा आउने ७२ प्रतिशत उजुरी र मुद्दा घर बहालसँग सम्बन्धित रहेको पाइएको छ । मंगलबार न्यायमा पहुँचसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरकी उपमेयर सुनिता डङ्गोलले यस्तो बताएकी हुन् ।

सङ्घीयतापछि अल्पसङ्ख्यक र सीमान्तकृतका लागि न्यायमा पहुँच सम्बन्धी कार्यक्रममा बोल्दै अहिले न्यायिक समितिमा धेरै उजुरी र मुद्दा परेको भन्दै त्यसमा सबैभन्दा बढी उजुरी घर बहालसँग सम्बन्धित रहेको डङ्गोलले बताइन् ।

त्यसैगरी उपमेयर डङ्गोलले न्यायिक समितिमा परेका उजुरीमध्ये १५ प्रतिशत उजुरी साँध संधियारको उजुरी रहेको बताइन् ।

उपमेयर डङ्गोलले न्यायिक समितिमा पर्ने उजुरीमध्ये ३ प्रतिशत उजुरी ज्येष्ठ नागरिकको सम्बन्धमा रहेको बताइन् । छोरा बुहारीले हेला गरेको, खान लाउन नदिएको, अपमान गरेको, घरबाट निकालेको लगायतका उजुरी पनि महानगरको न्यायिक समितिमा रहेको र त्यो ३ प्रतिशत रहेको डङ्गोलले बताइन् । बाँकी १० प्रतिशत मुद्दा भने अन्य प्रकृतिका रहेको डङ्गोलले बताइन् ।

महानगरको न्यायिक समितिले छलफल गराउँदा सकेसम्म मेलमिलापमै लैजान चाहेको डङ्गोलले बताइन् । तर झगडियाहरू इगोका कारण हार्न तयार हुने तर मेलमिलापमा जान नचाहने गरेको डङ्गोलले बताइन् । उपमेयर डङ्गोलले पछिल्लो समय साइबर अपराध, ब्ल्याकमेलिङ लगायतका गुनासा र उजुरी लिएर पनि महिलाहरू आउने गरेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस