२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवौँ राष्ट्रिय खेलकुद : उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा

अ+ अ-

कास्की । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रंगशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन्।

प्रतियोगिताअन्तर्गत १५ खेल र केही फाइनल खेल पोखरा रंगशालामा हुने भएका छन्। प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रंगशालाभित्र ‘इनडोर’ र ‘आउटडोर’ खेल सञ्चालन हुनेछन्। पोखरा रंगशालाभित्र एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट (महिला), टेनिस, बक्सिङ, भलिबल (पुरुष), जिम्न्यास्टिक, ह्याण्डबल (महिला र पुरुष), सफ्ट टेनिस र स्क्वासका खेल हुनेछन्।

यसैगरी उसु, बास्केटबल (पुरुष), आर्चरी, फेन्सिङ र खोखो (महिला र पुरुष) खेल हुने तय भएको छ। पुरुष फुटबल पोखराकै गोस्तेघाट खेलमैदानमा तथा पोखरा रंगशालामा हुनेछन्। महिला फुटबल स्याङ्जाको वालिङ, पृथ्वीनारायण क्याम्पस र पोखरा रंगशालामा हुने तय भएको छ।

पोखरा रंगशाला बाहिर केही खेल स्थल तोकिएका छन्। फुल कन्ट्याक्ट कराते र जुडो पोखराको प्रदर्शनी केन्द्र, शारीरिक सुगठन पोखरा सभागृह, पौडी फिस्टेल एकेडेमी तथा टेबल टेनिस कोल्मा बाहकोट समाजघरमा हुनेछ। महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुषको गौरीशंकर खेलमैदान, भारोत्तोलन पोखरा उद्योग वाणिज्य संघ, गल्फ हिमालयन गल्फ कोर्ष, साइक्लिङ रानीवन, ट्रायथोलन लेकसाइड, प्याराग्लाइडिङ सराङकोट, रग्वी भण्डारढिक खेलमैदान र कबड्डी रञ्जित पार्टी प्यालेसमा सञ्चालनको तयारी गरिएको छ।

प्रतियोगिताका ३६ खेलमध्ये सुटिङबाहेक गण्डकीमा हुँदैछन्। पूर्वाधार नभएकाले सुटिङ काठमाडौँमा हुने खेलस्थल व्यवस्थापन समितिका उपसमितिका संयोजक राजेश गुरुङले बताए। पुरुष क्रिकेट यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ। गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ बाहेकका जिल्लामा खेल खेलाइँदैछ। राष्ट्रिय खेलकुद आउन अब दुई साता बाँकी रहँदा तोकिएका खेलका पूर्वाधारको मर्मत र सरसफाइ सुरु भएको छ।

प्रतियोगितालाई भव्य बनाउन पूर्वाधार स्तरोन्नति सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए। उनका अनुसार तोकिएका खेलस्थललाई खेल्न योग्य बनाउने तथा पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ, पानीको व्यवस्थालगायत काम भइरहेका छन्। दशैँअघि पूर्वाधारको मर्मत सम्पन्न गर्ने योजना छ।

‘राष्ट्रिय खेलकुदका लागि तोकिएको खेल पूर्वाधारलाई राम्रो बनाउन स्तरोन्नति र मर्मत तथा सरसफाइ काम भइरहेको छ’, योगीले भने, ‘खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रंगरोगनलगायत काम सकेर व्यवस्थित प्रतियोगिता सञ्चालन गर्ने योजना छ।’

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट ७०० दुई खेलाडीले नाम दर्ता गराएका छन्। गण्डकीले सहभागिता जनाउने सबै खेलको अहिले विशेष प्रशिक्षण भइरहेको छ। दशैँलगत्तै बन्द प्रशिक्षण हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस