कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्गो लगाउने दाबी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्गो लगाउने दाबी


१२ आश्विन २०७९, बुधबार


​काठमाडौँ । सिट बाँडफाँटका लागि शीर्ष नेतासहित कार्यदलको बैठक आज बस्ने भएको छ ।

बिहान ८ बजे शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्न लागेको हो । बैठकले सिट बाँडफाँट टुङ्गो लगाउने कार्यदलले दाबी गरेको छ ।

यसअघि मङ्गलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो ।

बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुई वटा मापदण्ड तय गरेको कार्यदलका सदस्य तथा जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन् ।

उनका अनुसार ०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यति बेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस