उम्मेदवारले गर्ने खर्च ट्र्याकिङ गर्ने तयारीमा निर्वाचन आयोग  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उम्मेदवारले गर्ने खर्च ट्र्याकिङ गर्ने तयारीमा निर्वाचन आयोग 


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले चुनावमा गर्ने खर्चको ट्रयाकिङ गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जाल सहित अन्य क्षेत्रमा हुने खर्चको अनुगमन गर्ने तयारीलाई तीव्रता दिइरहेको बताए । 

आयोगले अब खर्च विवरण ट्र्याक गर्नका लागि विभिन्न अनुगमन समिति परिचालन गर्ने भएको छ । सामाजिक सञ्जालमार्फत भएका खर्चहरूबारे थाहा पाउन मेटा कम्पनीसँग केही सम्झौता गरेको र स्पोन्सर्ड गरेको खर्चको हिसाब उसले दिने सहमति भएको आयोगले जनाएको छ । 

आयोगले आज दल र उम्मेदवारले गर्ने खर्चको सीमाबारे दलहरूसँग छलफल गरेको थियो । आयोगले खर्च सीमाबारे प्रस्ताव पनि राखेको छ । खर्चका विषयमा निर्णय गरेर राजपत्रमा प्रकाशित गरिने पौडेलको भनाइ छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस