लामो दुरीका सवारी चालकलाई ट्राफिक प्रहरीको फूलमाला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लामो दुरीका सवारी चालकलाई ट्राफिक प्रहरीको फूलमाला


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । चाडपर्वलाई लक्षित गरेर लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई काठमाडौँको बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले सोमबार चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना सहित बिदाइ गरेका हुन् । 

चाडपर्वमा हुने सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरी, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीले चालकलाई सचेत भएर सवारी चलाउन आग्रह गरेका छन् । दुर्घटना न्यूनीकरण र कालोबजारी नियन्त्रणमा सहयोग पुगोस् भनेर सुरक्षित यात्राको कामनासहित चालकलाई फूलमाला प्रदान गरिएको डिएसपी रोकाले बताए ।

दसैँ, तिहार लगायतका पर्वहरू मनाउनका काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप बढ्दैछ । त्यस्तोमा थप सचेत भएर सवारी साधन चलाउन सो अभियान सञ्चालन गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस