रुसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु « प्रशासन
Logo २५ जेष्ठ २०८०, बिहिबार
   

रुसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । रुसमा एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रुसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरमा गार्डलाई गोली हानेका थिए।

त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

बन्दुकधारीले आफूलाई पनि गोली हानेर मारेका छन्। बन्दुकधारीको मृत्यु भइसकेकाले उनले गोली चलाउनुको कारण खुलेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस