सरकारले राष्ट्र गानको सम्मान गरेको हो : व्याकुल माइला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले राष्ट्र गानको सम्मान गरेको हो : व्याकुल माइला


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले सरकारले आफूलाई दिएको भत्ता रकम विवादको विषय हुन नहुने बताएका छन् ।

उनले राष्ट्र गानको रचयिता राष्ट्रिय सम्पत्ति हो भन्दै उनको संरक्षण गर्नु राज्यको दायित्व हुने बताए ।

दोस्रो जनआन्दोलन सफल भएपछि सरकारले नयाँ राष्ट्रिय गान बनाउने भन्दै गीत आह्वान गर्दा व्याकुल माइलाको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’ बोलको गीत राष्ट्रिय गानको रूपमा छनोट भएको थियो । २०६४ साल साउन १८ गतेदेखि उक्त गीत राष्ट्रिय गानको रूपमा प्रचलनमा छ ।

त्यतिबेला उनले ५ लाख रुपैयाँ पुरस्कार पाएका थिए भने त्यसपछि ०७१ देखि मासिक २५ हजार रुपैयाँ भत्ता पाइरहेका थिए । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले माइलाले पाउने भत्ता बढाएर मासिक ५० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो ।

यो निर्णयको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । राष्ट्रिय गान महँगो परेको, सर्जकलाई भत्ता होइन रोयल्टी दिनुपर्ने भन्दै फेसबुक र ट्विटरमा टिप्पणी र आलोचना भइरहेको छ । कतिपयले राष्ट्रिय गान लेखे बापत ५ लाख पारिश्रमिक दिइसकेकाले अब भत्ता दिन नहुने धारणासमेत राखेका छन् ।

तर व्याकुल माइला भने राज्यले आफूलाई दिएको सुविधा मात्र नहेर्न आग्रह गर्छन् ।

भत्ता दिएर सरकारले आफूलाई नभई राष्ट्र गानको सम्मान गरेको माइला बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस