मन्त्रीले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रीले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।

आइतबार यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएर प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका हुन् ।

सङ्घीयता कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्बिर राखेको उनले बताएका छन् ।

यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल-जिन्दाबाद । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख परशुराम खापुङ र  मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस