२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँमा मूल्य नबढाउन व्यवसायीलाई देउवाको निर्देशन 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैँ र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न महासङ्घका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । यस्तै, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली पुगेको थियो भने साना उद्योग महासङ्घ र परिसंघका तर्फबाट पनि अध्यक्षसहितको टोली पुगेको थियो । यस्तै, सरकारकारतर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समेत छलफलमा थिए थिए ।

भेटमा प्रधानमन्त्री देउवाले दसैँ र तिहारको समयमा चुस्त रूपमा बजार अनुगमन हुने बताएको सहभागी एक उद्योगीले बताए । उनले कडाइका साथ बजार अनुगमन गरिने र त्यसक्रममा ठगी र कालोबजारी तथा अव्यवहारिक मूल्यवृद्धि गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको ती उद्योगीको भनाइ छ ।

प्रधानमन्त्रीसँगको छलफलमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अन्तर्राष्ट्रिय बजारको प्रभावका कारणले नेपालमा मूल्यवृद्धि भएको जानकारी गराए । यस्तै, छलफलमा गोल्छाले बजार अनुगमनका क्रममा व्यवसायीको मान र प्रतिष्ठामा आँच आउने गरी काम गर्न नहुने समेत बताएका थिए ।

यसैगरी, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भेटमा रुस र युक्रेन युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भइरहेको जानकारी गराए । 

खासगरी, पछिल्लो समय खानेतेलमा बाहेक अन्य सबै प्रकारका खाद्यान्नको मूल्यवृद्धि भएको छ । जसले गर्दा प्रधानमन्त्री देउवाले नै बजारमा प्रत्यक्ष चासो राखेका छ । यसअघि, प्रधानमन्त्री देउवाले आज आइतबारदेखि बजार अनुगमन गर्न निर्देशन समेत दिएका थिए ।नुहोस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैँ र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न महासङ्घका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । यस्तै, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली पुगेको थियो भने साना उद्योग महासङ्घ र परिसंघका तर्फबाट पनि अध्यक्षसहितको टोली पुगेको थियो । यस्तै, सरकारकारतर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समेत छलफलमा थिए थिए ।

भेटमा प्रधानमन्त्री देउवाले दसैँ र तिहारको समयमा चुस्त रूपमा बजार अनुगमन हुने बताएको सहभागी एक उद्योगीले बताए । उनले कडाइका साथ बजार अनुगमन गरिने र त्यसक्रममा ठगी र कालोबजारी तथा अव्यवहारिक मूल्यवृद्धि गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको ती उद्योगीको भनाइ छ ।

प्रधानमन्त्रीसँगको छलफलमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अन्तर्राष्ट्रिय बजारको प्रभावका कारणले नेपालमा मूल्यवृद्धि भएको जानकारी गराए । यस्तै, छलफलमा गोल्छाले बजार अनुगमनका क्रममा व्यवसायीको मान र प्रतिष्ठामा आँच आउने गरी काम गर्न नहुने समेत बताएका थिए ।

यसैगरी, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भेटमा रुस र युक्रेन युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भइरहेको जानकारी गराए । 

खासगरी, पछिल्लो समय खानेतेलमा बाहेक अन्य सबै प्रकारका खाद्यान्नको मूल्यवृद्धि भएको छ । जसले गर्दा प्रधानमन्त्री देउवाले नै बजारमा प्रत्यक्ष चासो राखेका छ । यसअघि, प्रधानमन्त्री देउवाले आज आइतबारदेखि बजार अनुगमन गर्न निर्देशन समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस