निर्वाचन आयोग जाँदै प्रधानमन्त्री  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

निर्वाचन आयोग जाँदै प्रधानमन्त्री 


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोग जाने भएका छन् । 

निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न देउवा आयोग जान लागेका हुन् । केही बेरमा आयोग जान लागेका प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

आयोगले आज आचारसंहिताबारे छलफल गर्न र पालनका लागि प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दललाई छलफलमा बोलाएको छ । 

उनीहरूलाई आचारसंहिता पालनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउने आयोगको तयारी छ । गृहमन्त्री बालकृष्ण खाँण पनि आयोग जाँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस