उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्न राष्ट्रिय सूचना आयोग सुझाव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्न राष्ट्रिय सूचना आयोग सुझाव


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय सूचना आयोगले निर्वाचन सम्पन्न भएपश्चात् उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्नका लागि निर्वाचन आयोगलाई सुझाव दिएको छ । 

२०७९ वैशाखदेखि हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयन पत्र तथा संलग्न कामजातहरु सर्वसाधारण मतदाताहरूले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्न सुझाव दिएको जानकारी दिएको हो ।

आयोगकी सूचना आयुक्त कमला ओली थापाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउनका लागि निर्वाचन आयोगलाई सुझाव दिएको जानकारी दिइन् । त्यस्तै, माग गरिएको सूचना उपलब्ध नगराउने रौतहटको राजपुर नगरपालिका र त्रिवि परीक्षा नियन्त्रण कार्यालयलाई जरिवाना गरिएको उनले बताइन् ।

थापाले यस अवधिमा १२३ वटा पुनरावेदन उपर कारबाही भएको जानकारी पनि दिइन् । आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउनका लागि सूचनादाताको संरक्षण सम्बन्धी नियमावलीको मस्यौदालाई सुझावसहित सञ्चार मन्त्रालयमा स्वीकृतिका लागि पठाएको उनले बताइन् । 

सूचना आयोगले स्थानीय तहको खर्चको विवरण मासिक रूपमा सार्वजनिक गर्ने, बजेटअनुसार भएका कामको नियमित रूपमा सार्वजनिक गर्ने, सूचनाको हकसम्बन्धी कानुन तथा आयोगका आदेश पालना गर्न लगाउन लगाएका आदेश दिइएको जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस