राष्ट्रपति भण्डारीविरुद्धको मुद्दाको सुनुवाइ आज « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपति भण्डारीविरुद्धको मुद्दाको सुनुवाइ आज


९ आश्विन २०७९, आइतबार


काठमाडौँ । नागरिकता विधेयक सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भीक सुनुवाइ आज हुन लागेको हो।

अस्ति शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो। शुक्रबार पाँचवटै मुद्दाको पेशी न्यायधीश डाक्टर मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरु सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका छन्।

रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वरखिलाफ भएको उल्लेख गरिएको छ।

साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस