२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरुवा भएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा आजै पुग्न आयोगको निर्देशन

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले सरुवा भएका कर्मचारी आफ्नो नयाँ कार्यालयमा आजै हाजिर भइसक्न निर्देशन दिएको छ ।

कर्मचारी सरुवा रोक्नका लागि सरकारलाई निर्देशन दिएको आयोगले यसअघि सरुवा भइसकेकाहरूका लागि तत्कालीन कार्यालयबाट रमाना भई नयाँ कार्यालयमा हाजिर हुनका लागि आजसम्मको समय दिएको हो ।

आयोगले असोज ६ गते बिहीबार सरकारलाई कर्मचारीको सरुवा रोक्न निर्देशन दिएको थियो । त्यस अवधिसम्म सरुवा भइसकेकाहरूको हकमा नयाँ कार्यालयमा हाजिर गर्न आजसम्मका लागि समय दिएको थियो ।

आयोगले बिहीबारदेखि नै लागु हुने गरी कर्मचारी सरुवा रोक्न र सरुवा भएका कर्मचारीलाई तत्काल रमाना दिन नेपाल सरकारलाई निर्देशन दिएको थियो । आकस्मिक सरुवा गर्नुपरेको अवस्थामा आयोगको सहमति लिनका लागि पनि निर्देशन दिएको थियो ।

आयोगले अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली सङ्कलनको कार्यमा बाधा उत्पन्न हुने देखिएको बताएको छ ।

‘यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा निर्वाचन सम्बन्धी कानुनी व्यवस्था बमोजिम निर्वाचन सम्पन्न नभएसम्मका लागि मिति २०७९।०६।०६ देखि निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र मिति २०७९ ०६ ०५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना दिई मिति २०७९०६।०९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भई सक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरू लगायत सबै सार्वजनिक निकायहरूलाई आयोगले निर्देशन दिएको छ,’ आयोगले भनेको छ ।