शेखर समूहको ‘खबरदारी सभा’ सुरु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

शेखर समूहको ‘खबरदारी सभा’ सुरु


८ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहले आयोजना गरेको खबरदारी सभा राजधानीमा सुरु भएको छ । सभापतिमा पराजित डा.शेखर कोइराला समूहले काठमाडौँमा ‘खबरदारी सभा’ आयोजना गरेको हो ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेको हो । कार्यक्रममा शेखर कोइरालासहित उनी पक्षका पदाधिकारी आएका छैनन् । केन्द्रीय सदस्य, जिल्ला सभापति, उनी पक्षीय भ्रातृ संस्थाका नेता र ४ मंसिरको चुनावमा उम्मेदवारको आकांक्षी रहेका नेताहरु सहभागी छन् ।

शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस