डोटीमा प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्ड कप सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोटीमा प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्ड कप सुरु


८ आश्विन २०७९, शनिबार


डोटी । सुदूरपश्चिम प्रदेश स्तरीय खप्तड-शैलेश्वरी गोल्ड कप २०७९ फुटबल प्रतियोगिता आजदेखि डोटीमा सुरु भएको छ ।

हिन्दुहरूको महान् चाड वडा दसैँ तथा दीपावलीको अवसर पारेर भैरव प्रसाद गण डोटी, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६, र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा खेल सञ्चालन भइरहेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए ।

गोल्ड कप प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख तथा ट्रफि र द्वितीय हुने टिमलाई नगद ५० हजार तथा ट्रफि पुरस्कार रहेको समेत प्रमुख सेनानी कार्कीले बताए ।

प्रतियोगिताको एक कार्यक्रमका बिच दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिं खड्काले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जनप्रतिनिधीहरु, खेलाडीहरू र स्थानीयहरूको सहभागिता रहेको थियो ।

पहिलो चरणका खेलहरू नकआउट सिस्टममा खेलाइने र खेल समय ३५ मिनेटको रहने आयोजकले जानकारी दिएको छ । असोज १० गतेसम्म सञ्चालन हुने गोल्ड कप फुटबल प्रतियोगितामा पहिलो खेल कैलाली र बाजुराको टिमबिच भइरहेको छ । खेलमा डोटी, अछाम, बाजुरा, कैलाली र डडेलधुरा जिल्लाका खेलाडीहरूको सहभागिता रहको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस