कर्मचारीहरूको बोनस खोसेर जनतालाई वितरण गर्दैनौँ : मन्त्री भुसाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीहरूको बोनस खोसेर जनतालाई वितरण गर्दैनौँ : मन्त्री भुसाल


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् प्राधिकरणका कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना नभएको बताएकी छन् । 

शुक्रवार नेपाल विद्युत् प्राधिकरणको कर्मचारी युनियनको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कर्मचारीहरूले कर्मचारीहरूको बोनस खोसेर सरकारले जनतालाई वितरण गर्ने योजना बनाएको भन्ने सङ्कीर्ण सोच नराख्न आग्रह गरेकी हुन् ।

उनले बोनसको विषयमा फरक रूपमा राजनीतिकरण गर्ने काम नगर्न युनियनलाई निर्देशन दिइन् । मन्त्री भुसालले प्राधिकरण घाटामा रहँदा समेत ऋण गरेर भएपनि कर्मचारीहरूलाई तलब खुवाइएकाले नाफामा जाँदा तलब नदिने विषय नभएको बताइन् । उनले सरकारले अझै ७ लाख  जनतालाई विद्युत् पुर्‍याउने अवस्था रहेको बताइन् । उनले प्राधिकरणका स्थायी र अस्थायी सबै कर्मचारीहरूले १० प्रतिशत बोनस नै पाउने बताइन् ।   

मन्त्री भुसालले प्राधिकरणमा काम गर्ने सबै कर्मचारी भएकोले सबैले सम्मान बोनस दिने बताइन् । उनले सरकारले कर्मचारीहरूको १५ प्रतिशत तलब बढाए पनि मन्त्रीहरूको तलब नबढाएको बताइन् । मन्त्री भुसालले  विद्युत् प्राधिकरणलाई १६ अर्बको नभएर १६ खर्ब नाफा गर्ने संस्थामा बदल्नुपर्ने बताइन् । उनले प्राधिकरणले १६ खर्बको नाफा गर्दा कर्मचारीहरूले अहिले पाएको भन्दा १६ गुणा बढी सेवा सुविधा बढ्ने बताइन् । 

मन्त्री भुसालले प्राधिकरणमा पाँच जना युनियनको नेता नभएर एक जना भए पुग्ने बताइन् ।  उनले प्राधिकरणमा आधिकारिक रूपमा एउटा युनियन बनाउन आग्रह गरिन् । उनले कार्यालय समयमा प्राधिकरणमा कुनै राजनीतिक नभएर संस्थाको वृद्धि विकासमा काम गर्न निर्देशन दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस