काँग्रेसद्वारा घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव माग  « प्रशासन
Logo १० चैत्र २०७९, शुक्रबार
   

काँग्रेसद्वारा घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव माग 


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले घोषणापत्रका लागि हाइटेक प्रविधिमार्फत सुझाव मागेको छ । शुक्रवार सूचना प्रकाशित गर्दै काँग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई हाइटेक प्रविधिमार्फत सुझाव मागेको हो ।

‘यस्तो बन्नुपर्छ काँग्रेसको घोषणापत्र’ भनेर हाइटेक प्रविधिमार्फत काँग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका एक नेताले जानकारी दिए । 

ती नेताका अनुसार ह्वाट्स एप, भाइवर, इमो, आफ्नो आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्विटर, फेसबुकबाट सुझाव पठाउन सकिने छ । काँग्रेसले विविध माध्यमबाट प्राप्त जनभावनालाई समितिको अलग टिमले सङ्ग्रह गरेर उपयुक्त सुझावहरू घोषणापत्रमा समेट्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस