भीमफेदी दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भीमफेदी दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत


७ आश्विन २०७९, शुक्रबार


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ । अझै एक जनाको सनाखत हुन बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने, बाराको झिट्कैयाका ३३ वर्षे अब्दुल्लाहा मियाँ ठकुराई, बारा जितपुरका २५ वर्षीय शेख अरमान, मकवानपुर गढी-३ का ४३ वर्षीय मदन बिक, पर्साको वीरगञ्ज-३१ का ४२ वर्षीय हृदय नारायण पंजियार र भारत मोतिहारीका ३५ वर्षीय सरदनारायण शर्माको मृत्यु भएको हो ।

काठमाडौँबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका २६ जनामध्ये २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको भरतपुरमा उपचार भैरहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस