सशस्त्र प्रहरीको एआइजीमा दाहालको बढुवा सिफारिस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सशस्त्र प्रहरीको एआइजीमा दाहालको बढुवा सिफारिस


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायब महानिरीक्षक (डिआइजी) वंशी दाहालको बढुवा सिफारिस गरिएको छ । 

गृहसचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले दाहालको बढुवा सिफारिस गरेको हो । 

गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्रमा एआइजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो । बढुवाका लागि डिआइजीद्वय वंशी दाहाल र किशोर प्रधानले आफ्नो फर्म भरेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस