कर्मचारी सरुवा नगर्न आयोगको निर्देशन « प्रशासन
Logo ११ आश्विन २०७९, मंगलबार
   

कर्मचारी सरुवा नगर्न आयोगको निर्देशन


६ आश्विन २०७९, बिहिबार


काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।

४ मंसिरमा हुने चुनावका लागि अस्थायी मतदाता नामावली सङ्कलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने बताएको छ ।

आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृति लिन पनि भनेको छ ।

यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस