मधेस प्रदेशमा म्यादी प्रहरीका लागि ६६ हजारले दिए आवेदन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मधेस प्रदेशमा म्यादी प्रहरीका लागि ६६ हजारले दिए आवेदन


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । मधेस प्रदेशमा म्यादी प्रहरीका लागि ६७ हजार जनाको आवेदन परेको छ । बिहीबार अन्तिम दिनसम्म ६६ हजार ८८४ जनाले आवेदन दिएका हुन् । 

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता सुमनकुमार तिम्सिनाका अनुसार ५५ हजार ५७ जना पुरुष र ११ हजार ८२७ जना महिलाले आवेदन दिएका छन् । 

सबैभन्दा बढी बारामा ११ हजार ४०५ जनाले आवेदन दिएका छन् । बारामा आठ हजार ९३९ जना पुरुष र दुई हजार ४६६ जना महिलाले आवेदन दिएका हुन् । 

मधेस प्रदेशमा सबैभन्दा कम आवेदन सिरहामा परेको छ । सिरहामा पाँच हजार ५२० पुरुष र एक हजार २९९ जना महिलाले आवेदन दिएका छन् । यस्तै, सर्लाहीमा सात हजार ९३ पुरुष र एक हजार ५७० महिलाले आवेदन दिएको प्रहरी उपरीक्षकसमेत रहेको तिम्सिनाले जनाए ।

रौतहटमा सात हजार ४२० पुरुष र एक हजार १६३ महिलाले आवेदन दिएका छन् । धनुषामा ६ हजार ७०९ जना पुरुष र एक हजार १२५ जना महिलाले आवेदन दिएका छन् । महोत्तरीमा पाँच हजार ९६९ पुरुष र एक हजार ३३३ महिलाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सप्तरीमा सात हजार ३३७ पुरुष र एक हजार ६२३ महिलाले आवेदन दिएका छन् । पर्सामा ६ हजार ७० पुरुष र एक हजार २४८ महिलाले आवेदन दिएका छन् । यी आवेदनको अधा रमा जिल्ला प्रहरी कार्यालयले छनौट प्रक्रिया अगाडि बढाइनेछन् । शारीरिक, लिखित र मौखिक परीक्षा लिएर छनोट गर्ने बताइएको छ । गत स्थानीय निर्वाचनमा छनौट भएकाहरू स्वतत् यसपालि छनोट हुने प्रावधान छ । 

Tags :
प्रतिक्रिया दिनुहोस