काँग्रेस केन्द्रीय उपसभापति लडेकी शाहले गरिन् पार्टी परित्याग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस केन्द्रीय उपसभापति लडेकी शाहले गरिन् पार्टी परित्याग


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय उपसभापतिमा उम्मेदवार बनेकी दिव्यश्वरी शाहले पार्टी परित्याग गरेकी छन् । 

समानुपातिकतर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत बनेकी शाहले  नेपाली काँग्रेसमा नबस्ने घोषणा गरेकी हुन् । उनी १४ औँ महाधिवेशनमा विमलेन्द्र निधिको प्यानलबाट केन्द्रीय उपसभापतिको उम्मेदवार बनेकी थिइन् । 

शाहले पार्टीमा मनोमानी बढेको भन्दै नबस्ने र छिट्टै काँग्रेस (बिपी)मा प्रवेश गर्न लागेको खुलाएकी छन् । शाह बिपी काँग्रेसका उपसभापति समेत रहेका पूर्व प्रदेशसभा सदस्य कर्ण मल्लकी सासू समेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस