२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोषले अब श्रमिकका श्रीमान्-श्रीमतीको उपचार खर्च पनि बेहोर्ने 

अ+ अ-

काठमाडौँ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत योगदानकर्ताका श्रीमान्-श्रीमतीले पनि उपचार सुविधा पाउने भएका छन्। 

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (तेस्रो संशोधन) ले यो व्यवस्था गरेको हो। 

यो सुविधा स्वीकृत भएको ९१औँ दिनदेखि लागु हुने कोषले बताएको छ। संशोधित कार्यविधि बुधबार (हिजो) स्वीकृत भएको कोषले जानकारी दिएको छ।  

कोषले योगदानकर्ताहरूको हितलाई ध्यान दिँदै विभिन्न योजनाहरूमा सुधार गर्दै लगेको छ। 

संशोधनअनुसार हाल योगदानकर्ताले प्राप्त गर्दै आइरहेको औषधि उपचार सुविधा निजको श्रीमान्-श्रीमती समेतले पाउने गरी व्यवस्था गरिएको छ।

यसका साथै, घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तर्गत कोषमा कम्तीमा दुई वर्ष योगदान गर्ने योगदानकर्ताको कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्क घात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल ईन्जुरी, हेड ईन्जुरी, सिकलसेल एनिमिया रहेमोफेलिया वा थालासेमिया रोगहरूका लागि सेवा अवधिभर दश लाखसम्मको उपचार खर्च समेत कोषले व्यहोर्ने व्यवस्था गरिएको छ। 

घातक रोगको औषधि उपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागु रहने व्यवस्थाका साथै कोषको वृद्धावस्था सुरक्षा योजना अन्तरगत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताहरूले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म घातक रोग सम्बन्धी सुविधा उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि २०७९ पनि स्वीकृत भएको छ। 

सामाजिक सुरक्षा कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने क्रममा योगदानकर्ताका सन्ततिहरूलाई चिकित्सा विज्ञान,इन्जिनियरिङ, नर्सिङ, वन विज्ञान, कृषि विज्ञान र होटेल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान हुने व्यवस्था योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ मा गरिएको छ । 

योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम आगामी शैक्षिक सत्रदेखि लागु हुनुका साथै प्रतिव्यक्ति बढीमा पाँच लाख रुपैयाँका दरले छात्रवृत्ति प्रदान हुने व्यवस्था यस कार्यविधिमा रहेको छ।

योगदानकर्ताको हितलाई सर्वोपरि ठान्दै कोषले विगतमा विभिन्न किसिमका सामाजिक सुरक्षाका योजनाहरू सञ्चालनमा ल्याएको छ। 

सामाजिक सुरक्षाका कार्यक्रमहरू थप विस्तार गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने विश्वासका साथ आगामी दिनहरूमा समेत यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिने कोषका प्रवक्ता विवेक पन्थीले बताए।