असोजभित्र गत वर्षको शोधभर्ना हिसाब मिलान गरिसक्न महालेखाको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

असोजभित्र गत वर्षको शोधभर्ना हिसाब मिलान गरिसक्न महालेखाको निर्देशन


६ आश्विन २०७९, बिहिबार


काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा शोधभर्ना हुने ऋण तथा अनुदानमा सञ्चालित आयोजनाले असोज ३० भित्र शोधभर्नाको लिएर हिसाब भिडान गरिसक्नु महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ ।

यस आवमा सोध भर्ना हुने ऋण तथा अनुदानमा खर्च भएको रकम तथा शोधभर्ना प्राप्त भएको रकम र अघिल्लो आवको शोधभर्ना बाँकी रकममा समेत हिसाब ३० गते भित्र गरिसक्नु महालेखाले आयोजनाहरुलाई भनेको हो ।

विगतमा शोधभर्ना प्राप्त हुन हुने गरी आयोजना/कार्यक्रममा खर्च भएको रकम शोधभर्ना माग्न बाँकी भएको समेत त्यसको जानकारी कार्यालयमा गराउन महालेखाले भनेको छ । वैदेशिक सहायतामा सञ्चालित आयोजनाले शोधभर्ना लिनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस