अनुसन्धानमा विभेद भोग्नुपरेको भन्दै मुख्यमन्त्री र सभामुखलाई विद्यार्थीको ज्ञापन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अनुसन्धानमा विभेद भोग्नुपरेको भन्दै मुख्यमन्त्री र सभामुखलाई विद्यार्थीको ज्ञापन


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । अनुसन्धानमा असहयोग भएको र अपमान भोग्नुपरेको भन्दै बेलायतमा अध्ययनरत एक नेपाली विद्यार्थीले प्रदेश १ र मधेस प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाएकी छन्।

प्रदेश १ को खोटाङ जिल्ला दिक्तेल मजुवागढी नगरपालिका घर भई हाल बेलायतको सोअस युनिभर्सिटी अफ लण्डनबाट पिएचडीका लागि नेपालमा अनुसन्धान गरिरहेकी विद्यार्थी जयन्ता राईले अनुसन्धानका क्रममा असहयोग भोग्नु र अपमान सहनुपरेको भन्दै प्रदेश १ र मधेस प्रदेशका मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूलाई ज्ञापन पठाएकी हुन्।

सङ्घीयता कार्यान्वयनबारे एक वर्षदेखि प्रदेश १ र मधेस प्रदेशमा फिल्डवर्क गरिरहेकी शोधकर्ता विद्यार्थी जयन्ताले दुवै प्रदेशका प्रदेश सभा सचिवालयबाट असहयोग भएको र विभेद भोग्नुपरेको गुनासो गरेकी छन्।

अनुसन्धान गर्ने विद्यार्थीहरूलाई सहयोगी वातावरणको व्यवस्था गर्न उनले मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूसँग र सभामुहरुहरुसँग ज्ञापन पत्रमार्फत आग्रह गरेकी छन्। ‘मेरो पिएचडी थेसिस नेपालको संघीयतासम्बन्धी भएकाले म एक वर्षदेखि प्रदेश १ र मधेस प्रदेशमा फिल्डवर्क गरिरहेकी छु। तर, अनुसन्धान गर्ने क्रममा मैले धेरै अपमान, अवरोध र विभेद भोगिरहनुपरेकाले बाध्य भएर ज्ञापन पठाउन बाध्य भएकी हुँ,’ बिहीबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाएको ज्ञापन पत्रमा उनले उल्लेख गरेकी छिन्।

विद्यार्थी जयन्ताले अनुसन्धान गर्ने सबै बिद्यार्थीहरुलाई कर्मचारीहरूबाट सम्मानपूर्वक व्यवहार गरिनुपर्ने, सबै प्रदेश सभा र सरकारहरूले अध्ययन अनुसन्धान गर्ने बिद्यार्थीहरुलाई विशेष पासको व्यवस्था गरिदिनुपर्ने, संबेदनशिलबाहेक प्रदेश सभा बैठक, संसदीय समिति र सचिवालयका शाखा महाशाखा र मन्त्रालयहरूका गतिविधि र कार्यक्रमहरूमा सहभागी हुन पाउनुपर्ने, प्रकाशित सामग्री र प्रतिवेदनहरू सहजरुपमा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने माग गरेकी छन्।

यसै गरी अनुसन्धान गर्ने विद्यार्थीहरूले प्रदेश सभामा आफैँ सहभागी भएर फोटो–भिडियो खिच्न पाउनुपर्ने पनि उनको माग छ। उनले मुख्यमन्त्री, सभामुख र मन्त्रीहरूलाई भनेकी छिन्, ‘सहयोगी व्यवहार भए आगामी दिनमा कोही पनि विद्यार्थीले बाधा अवरोध सहनुपर्दैन र विभेदको व्यवहार भोग्नुपर्ने छैन।’

Tags :
प्रतिक्रिया दिनुहोस