उपत्यकामा ३ हजार ७० जना सवारी चालकमाथि कारबाही « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा ३ हजार ७० जना सवारी चालकमाथि कारबाही


६ आश्विन २०७९, बिहिबार


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार ७० जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३० जना, लेन अनुशासन पालना नगर्ने ९३ जना, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ र नम्बर प्लेज राम्रोसँग नराख्ने ५० जना रहेका छन् ।

यस्तै २ हजार ६०२ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस