राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो : नैनसिंह महर « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो : नैनसिंह महर


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढेको बताएका छन् । 

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेता महरले देश सङ्घ र प्रदेशको निर्वाचनमा होमिएको बेला राष्ट्रपति भण्डारीबाट असंवैधानिक कदम चाल्ने काम भएको आरोप लगाए ।

प्रतिगामी शक्तिहरूको उक्साहटमा चालिएको कदमले देश फेरि प्रतिगमन तीर जान सक्ने खतरा बढेकाले निर्वाचनबाट आउने संसदले संविधान उल्लङ्घन गर्ने राष्ट्रपतिलाई महाअभियोग लगाउने सङ्कल्प राजनीतिक दलको गठबन्धनको बैठकबाट पास गर्न र शान्तिपूर्ण तरिकाबाट कर्तव्यनिष्ठ भएर मंसिर ४ गते  हुने निर्वाचनलाई सम्पन्न गर्ने अर्जुनदृष्टी बनाउन उनले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस