कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु


५ आश्विन २०७९, बुधबार


काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिन्डरहरू पड्किएर ठुलो क्षति भएको छ ।

घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले पुष्टि गरे । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरूको उद्धार गरिएको छ ।

अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ ।

सम्बन्धित समाचार : कपनमा भीषण आगलागी

Tags :
प्रतिक्रिया दिनुहोस