स्वर्णिम वाग्लेको संयोजकत्वमा काँग्रेसको घोषणापत्र मस्यौदा उपसमिति गठन  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

स्वर्णिम वाग्लेको संयोजकत्वमा काँग्रेसको घोषणापत्र मस्यौदा उपसमिति गठन 


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको छ । जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा। कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा.प्रीति मण्डल सदस्य रहेका छन् ।

बुधबार बसेको घोषणापत्र तयारी समितिले सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शङ्कर तिवारी सदस्य रहको अध्ययन र विश्लेषण उपसमिति गठन गर्ने निर्णय गरेको छ। उक्त उपसमितिले स्थापनाकालदेखिका दस्ताबेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरू अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्नेछ ।

यस्तै छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’ को दृष्टि केन्द्रमा राखेर ‘नेपाली काँग्रेसको घोषणापत्र’ निर्माण गर्ने घोषणापत्र तयारी समितिले जनाएको छ ।

साथै बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको सदस्य सचिव डा.प्रदिप पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस