पालुङ्गटारलाइ स्मार्ट सिटी बनाउने अर्थमन्त्री शर्माको घोषणा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पालुङ्गटारलाइ स्मार्ट सिटी बनाउने अर्थमन्त्री शर्माको घोषणा


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले इतिहास र बर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण  र समृद्धिको सन्दर्भमा न्याय खोजेको  बताएका छन् । त्यसको लागि एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलाइ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने बताए ।

पालुङ्टारलाइ सुचनाप्रबिधिमा  अघि बढाइ स्मार्ट सिटी बनाउनुपर्ने भन्दै सङ्घीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग हुने उनले बताए । उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित बस्तुलाई विस्थापन गर्नुपर्नेमा  पनि जोड दिए ।

देशमा एउटा पनि मल कारखाना नभएको र जापनिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत् आपूर्तिका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उनले बताए। नेपालको मध्य पहाडी लोकमार्ग  पालुङ्टार भएर अघि बढेको  बताउँदै उक्त राजमार्ग निर्माणको योजना माओबादि सरकारले ल्याएको पनि स्मरण गराएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस