भारतबाट दूध ल्याए नारायणीमा पोख्छौँ : किसान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतबाट दूध ल्याए नारायणीमा पोख्छौँ : किसान


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । सरकारले दूध आयातमा लगाइएको प्रतिबन्ध खुलाएपछि चितवनका दुग्ध उत्पादक किसान आक्रोशित बनेका छन्। 

केही दिनअघि मात्रै कृषि तथा पशुपक्षी मन्त्रालयले दूध आयातका लागि निजी डेरी उद्योगहरूलाई अनुमति दिएको थियो।

यसकै विरोधमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले मंगलबार पत्रकार सम्मेलन गरी मन्त्रालयले दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न दिएको अनुमति नेपाली किसानको हितविपरीत भएको बताएको हो।  

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका सचिव किशोर बगाले स्वदेशमा नै पर्याप्त दूध उत्पादन भए पनि कमिसनको चक्करमा यहाँका किसानलाई विस्थापित गर्ने उद्देश्यले दूध आयात खुलाइएको बताP . 

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले यो निर्णयले किसानलाई विस्थापित बनाउने र भारतबाट आएका कम गुणस्तरको दूध खान नेपाली बाध्य हुने उनको तर्क छ। 

देशको अर्थतन्त्र नै कमजोर भएको समयमा देशका किसानलाई प्रोत्साहन गर्न छाडेर भारतबाट दूध आएमा दीर्घकालमा ठुलो समस्या निस्कने उनले बताए।

चितवनमा ६८ हजार ६११ वटा दुधालु गाई तथा भैँसी छन्। जसबाट दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ। जिल्लामा उत्पादनको ४५ प्रतिशत अर्थात् करिब एक लाख ५७ हजार लिटर दूध दैनिक जिल्लाबाहिर जाने गरेको छ। चितवन जिल्ला दूधमा आत्मनिर्भर जिल्लासमेत हो।

Tags :
प्रतिक्रिया दिनुहोस