राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा चक्काजाम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा चक्काजाम


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको  प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो । 

लोकतान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । 

त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस