‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्ततः रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।

वितरक र निर्माताले रिलिजका लागि प्रक्रिया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ ।

नेपाली संस्करणको सेन्सर भएपनि विवादले हिन्दीको सेन्सर रोकिएको थियो । निर्माण आशुसेन प्रोडक्सनले हिन्दीलाई पनि नेपालीसरह सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवेदन दिएका थिए । शुक्रबार नेपालमा नेपाली र भारतमा हिन्दी संस्करणमा यो फिल्म प्रदर्शनमा आउने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस