दोहोरो अङ्कले बढ्यो शेयर बजार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोहोरो अङ्कले बढ्यो शेयर बजार


५ आश्विन २०७९, बुधबार


शेयर बजार

काठमाण्डौँ । शेयर बजार परीसूचक नेप्से आज (बुधवार) दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार आज ११.२२ अङ्कले बढेर एक हजार आठ सय ४८.८२ अङ्कमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय २६ वटा कम्पनीको २५ लाख ३१ हजार कित्ता शेयर ७२ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस