कानुनविद्लाई बालुवाटार बोलाइयो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कानुनविद्लाई बालुवाटार बोलाइयो


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लङ्घन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । त्यसका लागि दिउसो ३ बजे कानुनविद्हरूलाई बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । 

राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट दोस्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको निष्कर्ष निकालेको सत्ता गठबन्धनले आगामी कानुनी पक्षबारे कानुनविद्को राय लिन लागेको हो ।

नागरिकता विधेयक स्वतः प्रमाणीकरण भएको मान्ने वा राष्ट्रपतिको कदमबारे सर्वोच्च अदालतमा रिट लिएर जाने भन्ने विषयमा कानुनविद्को राय लिन लागिएको बुझिएको छ । कानुनविद्हरूको रायका आधारमा गठबन्धनले थप बनाउने नेताहरूको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस