नेपाल-भारत सहसचिव स्तरीय बैठक सुरु « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

नेपाल-भारत सहसचिव स्तरीय बैठक सुरु


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेपाल र भारत सरकारको सहसचिव स्तरीय बैठक सुरु भएको छ । बुधबारदेखि काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक सुरु भएको हो ।

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सहडाइभर्सन योजनाका बारेमा छलफल हुनेछ ।

त्यस्तै, कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

नेपालबाट भारततर्फ बहने अन्य नदीहरुको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।

नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरुका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस