नबिल बैङ्कले ल्यायो चाडपर्व लक्षित विशेष अफर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नबिल बैङ्कले ल्यायो चाडपर्व लक्षित विशेष अफर


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । नबिल बैङ्कले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष अफर ल्याएको छ ।

यही असोज ६ गतेदेखि असोज ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा ईभी एक्स्पो २०२२’ मा सहभागी हुने ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रशासनिक शुल्कमा विशेष छुट उपलब्ध हुने बैङ्कले जनाएको छ ।

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारी साधनको आवश्यकता रहेकोले अफर ल्याएको बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस