‘राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘राष्ट्रपतिको कदम संविधान असफल बनाउने षडयन्त्र’


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । संवैधानिक कानुनका जानकार गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रपतिको कदमलाई उनले संविधान नै असफल बनाउने षडयन्त्र भएको पनि बताएका छन् ।

आज ट्विट गर्दै वाग्लेले भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले पारित गरेको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ । यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने सङ्गिन षड्यन्त्र हो ।’

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस