संसद सचिवालयबाट गोकुल बास्कोटाले लिए ‘क्लिन चिट’ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

संसद सचिवालयबाट गोकुल बास्कोटाले लिए ‘क्लिन चिट’


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संघीय संसद सचिवालयबाट कुनै पनि बाँकी बक्यौता तिर्न बाँकी नभएको पत्र लिएका छन् । मङ्गलवार संसद सचिवालयको जिन्सी शाखाले उनलाई ‘क्लियरेन्स लेटर’ दिएको हो ।

प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल सकिएर आगामी निर्वाचनमा भाग लिने सांसदहरूले सरकारी बाँकी बक्यौता केही तिर्न बाँकी नरहेको पत्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने हुन्छ । आगामी निर्वाचनमा भाग लिने तयारीमा रहेका बास्कोटाले आफ्ना प्रतिनिधि मार्फत संघीय संसदमा बुझ बुझारथ गरेका हुन् ।

बास्कोटा जस्तै आगामी निर्वाचनमा भाग लिने प्रतिनिधि सभाबाट कार्यकाल सकिएका अन्य सांसदहरूले पनि सो पत्र उम्मेदवारी पेस गर्ने बेला बुझाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले बाँकी बक्यौता तिर्न बाँकी नरहेको ‘क्लियरेन्स लेटर’ अनिवार्य गरेपछि संघीय संसद सचिवालयबाट सांसदहरूले आफूले लिएको बस्तु सामग्री बुझाएर पत्र बुझ्न थालेका छन् ।

संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले आफूले सुविधामा पाएको स्कोरपियो गाडी र ल्यापटप फिर्ता गरेकी छिन् । अन्य सांसदहरु पनि बुझ बुझारथ गर्ने प्रक्रियामा रहेको संसद सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस