२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इङ्ल्याण्डद्धारा पाकिस्तान ६ विकेटले पराजित

अ+ अ-

काठमाडौँ । इंग्ल्यान्डले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको छ। जितको लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्सले अर्धसतकीय इनिङ्स खेले ४० बल खेलेका उनले ७ चौकासहित सर्वाधिक ५३ रन बनाए।

युवा ब्याटर ह्यारी ब्रुक्सले ४२ रन जोड्दा डेविड मलान २०, बेन डुकेट १७ र ओपनर फिलिप साल्ट १० रनमा आउट भए।पाकिस्तानका उस्मान कादिरले २ तथा हरिस रौफ र शहनवाज धानीले एक-एक विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ६८ रन बनाए। ४६ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै कप्तान बाबर आजमले ३१ रन जोड्दा इफ्तिखार अहमदले २८ रन बनाए।

हैदर अलीले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। शन मकसुद ७ र मोहम्मद नवाज ४ रनमा आउट भए। यस्तै खुसदिल साह ५ रनमा आउट हुँदा नसिम साह र उसमान क्वादिरले कुनै पनि रन बनाउन सकेनन्।

इंग्ल्यान्डका लागि डेब्यू खेलिरहेका ल्यूक वुडले सर्वाधिक ३ विकेट लिए। आदिल राशिदले २ तथा साम करन र मोईन अलीले एक(एक विकेट हात पारे। यो जितसँगै ७ खेलको टी–२० अन्तर्राष्ट्रिय खेलको सिरिजमा पाहुना टोली इङ्ल्याण्डले १–० ले अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस