सानिमा बैङ्कद्वारा २० जना व्यापारिक संस्थासँग छुट सम्झौता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सानिमा बैङ्कद्वारा २० जना व्यापारिक संस्थासँग छुट सम्झौता


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । सानिमा बैङ्कले छुटका लागि थप २० जना व्यापारिक संस्थासँग सम्झौता गरेको छ।

बैङ्कले ग्राहकहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले व्यापारिक संस्थाहरूसँग उक्त सम्झौता गरेको हो।

सम्झौता अन्तर्गत सानिमा डेबिट, क्रेडिट कार्ड र सानिमा लोरोबिल बैङ्किङ (क्युआर स्क्यान) मार्फत भुक्तानी गर्ने ग्राहकहरूले उक्त छुट पाउने बैङ्कले जनाएको छ।

बैङ्कले बाजेको केक, जुलिस केक एण्ड पेस्ट्रिज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, निला पोलिक्लिनिक एण्ड डायक्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रेभिबे जस्ता २० विभिन्न व्यापारीहरूसँग १० देखि ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस