सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।

हिजो बसेको बैठक निष्कर्षविहीन बने पछि आज पुनः गठबन्धन सहमतिको प्रयासमा जुट्न लागेको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

मङ्गलवार साँझ बालुवाटारमा बसेको बैठकमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये करिब ८० प्रतिशत सिटमा सहमति भइसकेको छ । सञ्चार मन्त्रीसमेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस